फाल्गुनन्द जयन्ती : राष्ट्रपति भण्डारीको शुभकामना - pharaksandesh.com

मुख्य समाचार


Monday, 11 November 2019

फाल्गुनन्द जयन्ती : राष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौँ, २५ कात्तिक  : राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । 

किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहनुहुने किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना दिनुभएको छ । 

फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याएकामा उच्च कदर गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणासमेत गरेको राष्ट्रपति भण्डारीले स्मरण गर्नुभएको छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिएको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ । 

उहाँले फाल्गुनन्दको प्ररणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास आफूले लिएको उल्लेख गर्नुभएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.