अवैध कारोवार गर्ने पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Monday, 11 November 2019

अवैध कारोवार गर्ने पक्राउ

विराटनगर, २५ कात्तिक : अवैधरुपमा सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपाली रकमको हुण्डीको कारोवार गर्दै आएका दुई जनालाई रु सात लाखसहित पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । 

विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय अगाडिको ३९ प ७३९६ नम्बरको मोटरसाइकल जाँचको क्रममा विराटनगर–१४ ओमसाइराम टोल बस्ने ३० वर्षीय ज्योतिकुमार साह र पछाडि बस्ने भारत जोगबनी–१७ का १९ वर्षीय बिक्की कुमारबाट शुक्रबार रु सात लाख बरामद भएको हो जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राजकुमार खिउँले जानकारी दिनुभयो । 

प्रहरीले सोधपुछको क्रममा उक्त रकम विराटनगरका एक व्यापारीलाई बुझाउन प्रति रु एक लाख बराबर रु १०० पारिश्रमिक पाउनका लागि ल्याएको बताएका छन् । निजहरुलाई थप आवश्यक अनुसन्धान र कारवाहीका लागि मूल भन्सार कार्यालय विराटनगर रानी बुझाइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.