चिनियाँ चलचित्र महोत्सव शुरु - pharaksandesh.com

मुख्य समाचार


Saturday, 28 December 2019

चिनियाँ चलचित्र महोत्सव शुरु

काठमाडौँ, १२ पुस : शुक्रबारदेखि यहाँ चिनियाँ चलचित्र महोत्सव शुरु भएको छ । पहिलो दिन जनगणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा तियानमेन स्क्वायरमा आयोजित विशाल सैन्य परेड २०१९ समारोहको झलक प्रस्तुत गरियो । 

नेपालस्थित चिनियाँ राजदूतावासको आयोजना र वल्र्ड कल्चरल नेटको संयोजनमा आयोजित महोत्सवअन्तर्गत शनिबार कुमारी चलचित्रघरमा चाङ यिमोयुद्वारा निर्देशित ‘ग्रेटवाल’ शीर्षक चलचित्र प्रस्तुत गरिने छ । सो चलचित्र यही पुस २१ गते पोखरामा प्रस्तुत गरिने छ भने २४ गते लुम्बिनीमा ‘सैन्य परेड २०१९’र ‘स्वेन चाङ’ प्रस्तुत गरिने छ । 

महोत्सव उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बुद्धभद्र, भृकुटी, स्रङ चङ गम्पो, भृकुटी, अरनिको र पद्मसंभवलगायतले अघि बढाएको नेपाल चीनबीचको सम्बन्ध हिमाल झँै अटल र नदी जस्तै गतिशील भएको बताउँदै विश्वशान्ति, भ्रातृत्व र बन्धुत्वका लागि नेपाल र चीन एकै ठाउँमा उभिएका छन् भन्नुभयो । 

उहाँले सामाजिक सञ्जालका माध्यमबाट नेपालका लागि चिनियाँ राजदूत हौ यान्कीले नेपालको प्रचारप्रसार गरिरहेकामा धन्यवाद दिँदै नेपाल भ्रमण वर्षमा बढीभन्दा बढी चिनियाँहरु नेपाल ल्याउनका लागि आग्रह गर्नुभयो । 

चिनियाँ राजदूत हौले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध निकै उचाइमा पुगेको बताउँदै चिनियाँहरुलाई नेपाल आउन र नेपालीहरुलाई चीन गएर ज्ञान हासिल गर्न आग्रह गर्नुभयो । 

वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकारले हरेक वर्ष नेपालमा चिनियाँ चलचित्र महोत्सव गर्ने गरिएको जानकारी दिँदै यस्तो महोत्सवले दुई देशबीचको सांस्कृतिक सम्बन्ध वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.