भारतसँगको सीमाबाट आवतजावतमा कडाइ कायमै - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 13 October 2020

भारतसँगको सीमाबाट आवतजावतमा कडाइ कायमै


काठमाडौँ, २७ असाेज :
भारतसँगको सीमा नाकाबाट आवतजावतमा कात्तिक मसान्तसम्मका लागि कडाइ कायमै रहने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल-भारत सीमा भएर हुने आवतजावतमा लगाइएको कडाइलाई लम्ब्याएको हो । 

भारतमा दिनदिनै कोरोना संक्रमित बढिरहेको र नेपालमा पनि कोरोना संक्रमण बढिरहेकाले भारतसँगको नाकामा कडाइको अवस्था कायमै राखिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार भारतबाट आएका व्यक्तिहरूमा पनि कोरोना संक्रमण देखिएकाले कडाइ गर्ने निर्णय भएको हो । 

कोरोना संक्रमण बढिरहेकै कारण अन्तर्राष्ट्रिय उडानको अहिलेको कोटा प्रणालीलाई कायमै राख्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरेर आन्तरिक यातायात र व्यवसाय सञ्चालनलाई भने केही खुकुलो पार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दसैं र तिहारलाई मध्यनजर गर्दै लामो दूरीका यातायातका साधनमा सिट क्षमताअनुसार नै यात्रु राख्नपाउने निर्णय पनि गरेको छ । यसअघि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने निर्णय भएको थियो ।

मन्त्रिपरिषद्का निर्णय औपचारिक रूपमा सरकारका प्रवक्ता मन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.