![]() |
| जमुना राई |
२१ सालको उमेरमा,
जागेको त्यो रुमानी सपनाहरु !फेसबुकमा तिमिले
पठाएको फ्रेन्ड request
मैले गरेको acceptation
२९ को यो उमेरमा आइपुग्दा
याद मात्र बाँकी भो !!
तिमी र मैले गर्ने,
ती तमाम chat हरु !
तिमिले देखाउने प्रेम
मैले बटुल्ने ......र
मैले देखाएको भरोसा
तिमिले बटुल्ने.......क्रममा
तिमी सधै जस्तै भनी रहन्थ्यौ
यसो गर्नु हुन्न उसो गर्नु हुन्न !
तिम्रो प्रेम संगै पाएको अभिभावकत्व
मैले आफ्नो सौभाग्य ठानिरहें !
यसरी नै कति चाँडै बिते,
हाम्रो प्रेमको त्यो सात बर्ष !
तब तिमी टाढिएर गयौ,
You deserve better भनेर !
आज मलाई थाहा छैन,
तिमिले देखाएको प्रेम के थियो?
तिमिले मलाई जताएको ख्याल के थियो?
तिमी म संग बाँधिनुको रहर के थियो?
र आज म देखि नै छुट्टिनुको बाध्यता के थियो?
तिमिले साथ छोडेर गए पनि,
म ढलेको छैन ।
कतै लडेको छैन ।
सम्हालिएको छु र,
जितेको छु मृत्युलाई पनि।
तिमी त मेरो कम्जोरी थिएछौ,
आज म संग साहास मात्र बाँकी छ ।
तिमी त मेरो आशा थिएछौ,
आज म संग आफ्नै भरोसा मात्र बाँकी छ।
तिमिले मै देखि मलाई नै आधा बानाएको रहेछौ,
आज म आफै नै पुर्ण बनेको छु ।
यत्ती नै त सिकाउनु रहेछ तिमिले मलाई,
त्यस्को लागि मेरो स्वर्णिम सात साल बिताइदियौ ।
तर पनि आज म तृप्त छु, कुनै तृष्णा बाँकी छैन ।
किनकी मैले :
अपार प्रेम भोगें, निस्पट धोका पनि ।
तिमिले मलाई कमजोर बनाएर गए पनि,
आज म आत्मबलले भरिपुर्ण छु ।
बाटो पहिल्याउन जान्ने बनेको छु ।
मृत्युको कारण र जिबनको रहर चिनेको छु।
अब देखि तिम्रो आडमा होइन,
मेरै अस्तित्वमा ........
म बाँच्ने छु खुशीमा,
सायद तिम्रो मायामा भन्दा धेरै ।
म हाँस्ने छु उन्मुक्त भै,
सायाद तिम्रो साथमा भन्दा धेरै ।
किनकी,
मैले बल्ल आफुलाई चिनेको छु ।
मैले बल्ल आफुलाई माया गरेको छु ।

No comments:
Post a Comment