कोरोनाबारे अपवाह फैलाउने एक पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 15 April 2020

कोरोनाबारे अपवाह फैलाउने एक पक्राउ

सुर्खेत, ३ वैशाख  : सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो । 

प्रहरीले आचार्यलाई फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले आचार्यलाई कारवाही गर्न अनुसन्धान प्रक्रिया अघि बढाइएको बताउनुभयो । प्रहरीले ‘लेकबेँसी नगरपालिका वडा नं १ मा एक जनामा कोरोना देखियो’ भनेर फेसबुकमा पोष्ट गर्ने पे्रम विवश नामक प्रयोगकर्तालाई पनि खोजी गरिरहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका ल्याब इञ्चार्ज ओम आचार्यले कर्णाली प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण फेला नपरेको जानकारी दिनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.