हिङ्कु पहिरामा फेला परेकाको शव काठमाडौँ पठाइयो - pharaksandesh.com

मुख्य समाचार


Saturday, 2 May 2020

हिङ्कु पहिरामा फेला परेकाको शव काठमाडौँ पठाइयो

पोखरा, २० वैशाख  : अन्नपूर्ण आधार शिविर क्षेत्रको हिङ्कु पहिरामा हराएकामध्ये शुक्रबार फेला परेका एक कोरियन र एक नेपाली नागरिकको शव काठमाडौँ पठाइएको छ । 

गत माघ ३ गते पदयात्राका क्रममा हिमपहिरामा हराएका सात जनामध्ये एक कोरियन र एक नेपाली गरी दुई जनाको शव शुक्रबार नेपाली सेनाको पोखरास्थित नेपाली सेनाको सेकेन्ड रेञ्जर बटालियनले फेला पारेको थियो ।

शुक्रबार फेला परे पनि मौसमको प्रतिकूलताका कारण शव आज मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । पोखराबाट शव आजै काठमाडौँ पठाइएको पर्यटक प्रहरीले जनाएको छ ।

पहिरामा हराएकामध्ये अन्य दुई जना नेपाली पर्यटक गाइड र तीन जना कोरियन नागरिकको शव यसअघि नै फेला परिसकेको ट्रेकिङ एजेन्सिज एशोसिएन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.