१० युनिटसम्म खर्च गर्नेलाई निःशुल्क बिजुली - pharaksandesh.com

मुख्य समाचार


Thursday, 28 May 2020

१० युनिटसम्म खर्च गर्नेलाई निःशुल्क बिजुली

काठमाडौँ, १५ जेठ: १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निशुःल्क विद्युत दिइने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमा उक्त सीमासम्म विद्युत् खपत गर्नेलाई निशुल्क विद्युत् दिने बताउनुभएकाे हाे ।

मासिक १५० युनिटसम्म खपत गर्नेलाई अहिलेको शुल्कमा २५ प्रतिशत, २५० युनिटसम्म खर्च गर्नेलाई १५ प्रतिशत शुल्क छुट दिने घोषणा समेत गर्नुभयाे ।

त्यस्तै खानेपानी आयोजनालाई विद्युत् शुल्क मिनाह गर्ने र विद्युत महशुलमा छुट दिने घोषणा गरेका छन् । लकडाउन अवधिभर उद्योग व्यवसायको विद्युत हशुलमा डिमाण्ड चार्ज पनि लिइने छैन ।

साथै डिमाण्ड कम हुने समयमा विद्युत् खपत गर्ने उद्योगीलाई छुट दिने घोषणा समेत गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.