कविता ( झ्याउरे)
![]() |
| कमला गौतम |
बिचरा पाऊ गलेर गयो दुर्दशा जनको
पैदल यात्रा कसरी पुगे पिर भो मनको
बोकेर झोला हिडेका बरा आफनै बासमा
खर्च र पर्च धियो नै बरै सबका पासमा
समस्या किन पारीमा दिन्छ सरकार हाम्रो
बिचरै छैन केहिमा पनि व्यवस्था नराम्रो
लोकको तन्त्र भन्दथे तर केकोमा तन्त्रहो
बिबेक छैन जनता माथि कस्तोयो मन्त्र हो।
समस्या थियो निकास हल निकाल्नु पर्दथ्यो
मज्दुर थिए बिचरा जन व्यवस्था गर्नुथ्यो
बिकास हुन्छ तिनैको बल हात र साथले
हेरिन्न किन तिनको दुःख शहरी मात्तले
कमला गौतम
काठमाडौँ

No comments:
Post a Comment