रहिनन् प्रथम गायिका रानुदेवी - pharaksandesh.com

मुख्य समाचार


Friday, 1 May 2020

रहिनन् प्रथम गायिका रानुदेवी

काठमाडौँ, १९ वैशाख : रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा काठमाडौँमा निधन भएको छ । 

सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारकाक्रममा रानुदेवीको गएराति निधन भएको उहाँकी छोरी अल्पना रेग्मीले जानकारी दिनुभयो ।

शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली, उठे नेपाली , जुनेली रात हजुर लगायत गीत चर्चित रहेका छन् । उनीले तत्कालीन नेपाल प्रजातन्त्र रेडियोबाट ती गीतमा स्वर भर्नुभएको थियो । ती लगायत ६ बटा गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ ।

ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो । राणा शासन विरुद्धको आन्दोलनमा उनी कला र सांगीति मोर्चाबाट होमिएकी थिइन् । 

निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र साङ्गीतिक मोर्चामा रहेर काम गर्नुभएकी अधिकारीको जन्म विसं १९९० मा भएको थियो । 

स्व अधिकारीको गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.