रुसी प्रधानमन्त्रीलाई काेराेना सङ्क्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Friday, 1 May 2020

रुसी प्रधानमन्त्रीलाई काेराेना सङ्क्रमण पुष्टि

काठमाडौँ, १९ बैशाख : रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण पुष्टि भएको छ । भाइरसकाे सङ्क्रमण देखिएपछि अहिले उनलाई अस्पाल भर्ना गरिएको छ ।

आफूलाई कोरोना सङ्क्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । रुसमा सात हजार आठ जनामा कोरोना पुष्टि भएको दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

रुसमा कोरोना सङ्क्रमितकाे सङ्ख्या एक लाख पुगेको छ भने एक हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

गएको जनवरी महिनामा प्रधानमन्त्रीको पदभार सम्हालेका मिशुस्तिन कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि सक्रिय भएर लागेका थिए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.