लकडाउन खुलेको ३ हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न सिफारिस - pharaksandesh.com

मुख्य समाचार


Friday, 1 May 2020

लकडाउन खुलेको ३ हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न सिफारिस

काठमाडौँ, १९ बैशाख : लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न तथा २५ गतेपछि विद्यालय भर्ना अभियान सुरु गर्न कार्यदलले सरकारलाई सिफारिस गरेको छ ।

शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले वैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम हप्तादेखि एसईई र १२ कक्षाको परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिएको हो । एसईई र कक्षा १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिनेसमेत कार्यदलले जनाएको छ । 

यस्तै कार्यदलले सामाजिक दुरी कायम गरेर विद्यार्थी भर्ना सुरु गर्न सुझाव दिएको छ । प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दुरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ ।

कार्यदलले हिजो शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको हो । शिक्षा मन्त्री पोखरेलले प्रतिवेदन बुझेपछि कार्यान्वयनका लागि मन्त्रालयका सचिव र सहसचिवहरुलाई निर्देशन दिनुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.