सञ्चारकर्मी श्रेष्ठ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित) - pharaksandesh.com

मुख्य समाचार


Friday, 1 May 2020

सञ्चारकर्मी श्रेष्ठ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, १९ बैशाख : सञ्चारकर्मी सम्झना श्रेष्ठको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। सञ्चारकर्मी  श्रेष्ठले ‘गैरी पिपल लर्के बर डाडैमा’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडियोमा अभिनय गर्नुभएको हो  ।

यस गीतलाई गायक पुष्कर चौलागाई, सुमन ढकाल, गायिका कल्पना खनाल र सबीना थापाको स्वर रहेको छ। 

गीतमा दिनेश श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने अनिल जीसीले छायांकन गर्नुभएको छ । म्यूजिक भिडियोमा श्रेष्ठलाई उज्जल बसन्तकोटी लगायत कलाकारहरुले साथ दिएका छन । 

यस भिडियोलाई दिनेश श्रेष्ठ र राज कुवरले निर्देशन गर्नुभएको हो भने  देवी गुरुंगले सम्पादन गर्नुभएको छ ।

सञ्चारकर्मी  श्रेष्ठले हिमालय एफएम नेटवर्कमा लोकप्रिय कार्यक्रम लोक डबली सञ्चालन गर्दै आउनुभएको छ। 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.