महिलाको शव व्यवस्थापन गर्न एम्बुलेन्ससहितको टोली भक्तपुरबाट गयो - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 May 2020

महिलाको शव व्यवस्थापन गर्न एम्बुलेन्ससहितको टोली भक्तपुरबाट गयो

भक्तपुर, ३ जेठ  :
काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली गएको छ । 

शव बोक्नका लागि एम्बुलेन्ससहितको टोली आज साँझ ७ः३० बजे भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल प्रस्थान गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल प्रस्थान गरेको हो । 

शव बोक्न कुनै पनि शवबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाएको काभ्रे प्रहरीले जानकारी दिएको छ । धुखिलेल अस्पतालबाट शवलाई पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने भएपछि त्यसको सबै काम उद्धार टोलीका सैजु र गाईजुले गर्नुहुने भएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.