भक्तपुरमा तीन बस्ती सिल - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 May 2020

भक्तपुरमा तीन बस्ती सिल

भक्तपुर, ३ जेठ :
दुई जनाको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि जिल्लाका तीन ठाउँमा सिल गरिएको छ । 

भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालिन जनस्वास्थ्यमा रामेछाप घर भई भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने ५२ वर्षीय पुरुषको आज गरेको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि काठमाडौँ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएर उहाँ सल्लाघारीस्थित डेरा बसेको घरसहित आसपास क्षेत्र सिलबन्दी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । 

त्यसैगरी आरडिटी परीक्षणमा पोजेटिभ देखिएका ३३ वर्षीय पुरुष बस्दै आएको सूर्यविनायक नगरपालिका– ६, पाण्डुबजार क्षेत्र आज सिल गरिएको छ । भक्तपुर नपा– ५ योसिंखेलस्थित पुख्र्यौली घर र आसपासका क्षेत्रमा क्षेत्र सिल गरिएको उहाँले जानकारी दिनुभयो । सूर्यविनायक कोठाबाट ती पुरुष योसिंखेलमा बाबु भेट्न जाने आउने गरेकाले त्यो क्षेत्र पनि सिल गरिएको हो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.