जेठा बा : बाबुराम श्रेष्ठ यात्री - pharaksandesh.com

मुख्य समाचार


Saturday, 6 June 2020

जेठा बा : बाबुराम श्रेष्ठ यात्री

कविता
जेठा बा
अनुहार धुमिल पारेर
पिडिमा बसिरहनु हुन्छ रे
सोच मग्न बिचारशिल
एक्लो
मनमा कुराहरुको जुलुस बोकेर
लाग्छ सिङ्गो पहाड उभिएको हो

जेठा बा
पहाडको हरियाली मरेर फुस्रो फुङ्गो झै
रुखहरु बिना पात खडेरीले झरेकोझै
सुकेका हागाहरु मात्र ठिङ्ग गलेर हात फैलाए झै
बर्षौ देखि कोहिकोहि कुरिरहे झै
उदास हतास जिर्ण उत्तार्धमा छ रे

जेठा बा
पहिले पहिले यस्तो हुनुहुन्नथ्थो
गाउको सोझो इमान्दार कर्तब्यनिष्ठ सिपाही
एउटा सिङ्गो खम्बा
कसैको दुखमा दुख बाड्ने
कसैको सुखमा सुख साट्ने
गाउको मेओ हुनुहुन्थ्थो
उहाको चाल
उहाको मान
उहाको शान
उहाको हसाइ
उहाको बोलाइ
उहाको हिडाइ
बिछिट्ट हसिलो रसिलो भरिलो अनुहार बोकेर
सबको प्यारो हुनुहुन्थ्थो

आज बा का थाकेका आखाहरुले
सोध्न खोजेको प्रश्न
चुपचाप लामो आख्यान हो
बा का मुजा मुजा परेको अनुहार
कुप्रिएको ढाड सुकेको ज्यान
एउटा सिङ्गो जिवनी किताब हो
यो किताबमा
धेरै अटाए
तमाम्स्वास्नी छोरा छोरी आफन्तजन
जो घुमिरहेछ

आज देश बिदेशहरु आफ्नै बा बिर्सेर लगातार
उहिले मलाइ पनि प्युठुमा बाकेर हिड्नु भो
हट्घोडा हट्भन्दै
आफ्नै इच्छाहरु मारेर
मेरो हर इच्छाहरु पुरा गरेर
लक्का जवान बनाउनु भो
बदला दिने केहि छैन म सग
बिदेशीनु शिवाय
एउटा सियो बन्दैन मेरो देशमा
सस्कार यति बिकृत भो
जहातहि

हरेक घर आगन चोक बजार गाउ शहर
मलाइ असम्भव झै लाग्छ
सभ्यताको बिजारोपन गर्न
जसै फेरि तिम्रो फेरिएको अनुहार हेर्न

जेठा बा
मन छ तिम्रो फेरिएको अनुहार पढ्न
तिम्रो आखाको डिलमा राज गर्न
तिम्रो भागेका खुसिहरु सगाल्न
र हामिले हिड्ने तारे खेत
हामिले पौडने बुदरी खोला
हामीले टिप्ने ऐसेलुका स्वादहरु
हाम्रो बनपाखामा गम्कने आवाजहरु
घनिभूत पार्न स्वार्ग झै लाग्ने टाकुरीमा
परदेशबाट फिर्ती हुन्छ छोरो
समयलाई जितेर
पर्ख जेठा बा

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.