काठमाडाैँ, २४ जेठ : कोरोना भाइरसको सङ्क्रमणबाट आज थप दुईजनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट कुल मृत्यु १३ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो ।
त्यसैगरी, नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै संक्रमितहरुको कुल सङ्ख्या ३२३५ पुगेको छ । आज थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।
नेपालका ७० जिल्लामा सङ्क्रमण भएको छ । डोल्पा गत जेठ २१ गते राति दुईबजेतिर ५८ वर्षका पुरुषको १६ गते सुर्खेतबाट १८ गते डोल्पा जानुभएको थियो । उहाँ दमको रोगी हुनुहुन्थ्यो । एकजना महिलाको सेती अस्पतालमा मृत्यु भएको छ । उहाँको पोजेटिभ आएको छ ।
No comments:
Post a Comment