कर्णाली २६ सङ्क्रमित थपिए, कूल सङ्ख्या १,४३३ - pharaksandesh.com

मुख्य समाचार


Saturday, 27 June 2020

कर्णाली २६ सङ्क्रमित थपिए, कूल सङ्ख्या १,४३३

सुर्खेत, १३ असार  : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो । 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआरमा १२ सुर्खेत, पाँच दैलेख, तीन सल्यान, दुई जाजरकोट र एक मुगु गरी २३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो । 

त्यसमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ११ र बराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यान शारदा नगरपालिकाका तीन, जाजरकोट शिवालय गाउँपालिकाका दुई र मुगु छायाँनाथ नगरपालिकाका एक जना गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । 

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआर परीक्षणमा काठमाडौँ टोखा नगरपालिकाका एक, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका एक र जुम्ला सिञ्जा गाउँपालिकाका एक गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले बताउनुभयो । यतिबेलाको पिसिआर परीक्षणमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी देखिएकाले कोरोना सङ्क्रमण समुदायमा फैलिएको बताइएको छ ।

कोरोना सङ्क्रमण जितेर घर फर्कनको सङ्ख्या हालसम्म ७२० पुगेको महाशाखाले जनाएको छ । कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको जनाइएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.