दुई वर्षभित्रमा सबै घरधुरीमा आधारभूत खानेपानी - pharaksandesh.com

मुख्य समाचार


Saturday, 27 June 2020

दुई वर्षभित्रमा सबै घरधुरीमा आधारभूत खानेपानी

पोखरा, १३ असार  : कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी दुई वर्षभित्र खानेपानी सुविधा नपुगेका सबै घरधुरीमा आधारभूत खानेपानी पु¥याउने लक्ष्य लिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्रमा खानेपानी सुविधा नपुगेका सबै घरधुरीमा आधारभूतस्तरको खानेपानी पु¥याउन सङ्घ, प्रदेश सरकार एवं अन्य गैरसरकारी सङ्घसंस्था सँगको साझेदारीमा ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिई सम्पन्न गरिने उल्लेख छ । 

सङ्घ सरकारबाट स्वीकृत बृहत् लान्द्रुक खानेपानी आयोजनालाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा यसै वर्षबाट निर्माण कार्यको प्रारम्भ गरिने अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । सम्पन्न भएका खानेपानी आयोजनाको पानीको मुहान संरक्षण, नियमित आपूर्ति र गुणस्तरीयताका लागि स्थानीय खानेपानी तथा सरसफाइ समितिलाई प्रमुख जिम्मेवार तुल्याई आयोजनाको दिगोपना कायम गरिने उहाँले बताउनुभयो । 

हालको आधारभूत खानेपानीको व्यवस्थामा सुधार एवं स्तरोन्नति गर्दै पानीको गुणस्तर परीक्षण गरी पालिकावासीलाई शुद्ध खानेपानीको सुनिश्चितता गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पालिकाभित्रका विभिन्न खानेपानीका योजना सञ्चालनका लागि आव २०७७/७८ मा रु एक करोड छुट्याएको उपाध्यक्ष सगुन गुरुङले जानकारी दिनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.