होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ - pharaksandesh.com

मुख्य समाचार


Saturday, 27 June 2020

होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ

झिमरुक, १३ असार : प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ का फोकल पर्सन पुष्कल श्रेष्ठले बताउनुभयो । 

गत जेठ २१ गते भारतबाट आई वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको आरडिटी गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछि होम क्वारेन्टिनमै बसेकी बालिकाको असार ६ गते मृत्यु भएको हो । उनको मृत्युपछि पिसिआर जाँचका लागि स्वाब पठाइएको थियो । बालिका मिर्गाैला र रक्त अर्बुदरोगको बिरामी थिइन् ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.