काेराेनाका थप २७९ सङ्क्रमित, कुल सङ्ख्या ४३६४ पुग्याे - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 10 June 2020

काेराेनाका थप २७९ सङ्क्रमित, कुल सङ्ख्या ४३६४ पुग्याे

काठमाडौँ, २८ जेठ : कोभिड १९ को सङ्क्रमण आज २७९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पुरुष २५७ र महिला २२ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । 

नयाँसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ३६४ पुगेको छ । तीमध्ये पुरुष चार हजार ५५ र महिला ३०९ जना छन् ।

९० जना डिस्चार्ज
कोभिड १९ को सङक्रमणबाट आज ९० जना निको भएका छन् । विभिन्न अस्पतालमा ८८ पुरुष र दुई महिला पूर्णरुपमा निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी अस्पतालबाट एक महिला र पाँच पुरुष, सशस्त्र प्रहरीको बलम्बु अस्पतालबाट एक महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक पुरुष, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ पुरुष, सप्तरीको महेन्द्र गेनाई आइसोलेसनबाट २० पुरुष, कोरोना अस्पताल दाङबाट सात पुरुष छन् । हालसम्म ६७४ जना डिस्चार्ज भइसकेका छन् । तीमध्ये ५९५ पुरुष र ७९ महिला छन् । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.