काठमाडाैँ, १८ साउन : अमेरिका निवासी गीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत 'कम्मरमा पटुकी' सार्वजनिक भएको छ । सुनिल राईको संगीत र गायक प्रताप दासको आवाज रहेको गीतकार न्यौपानेको 'कम्मरमा पटुकी' गीत भिडियो सहित सार्वजनिक भएको हो ।
एल्वम बिहानीको सितलमा समाविष्ट यो गीतको भिडियोलाई निर्देशक मुनाल शिशिरले निर्देशन गरेका हुन् भने भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको कम्मरमा पटुकीलाई दिपक गीरीले छायांकन तथा अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।
हाल अमेरिकाको ह्यारिसबर्ग, पेन्सिलभेनिया बसोबास गर्दै आएका छन् गीतकार बालकृष्ण न्यौपाने अमेरिकामा रहेर पनि नेपाली साहित्य र संगीतमा क्रियाशिल रहँदै आएका छन् । उनका यस अघि तितो लाग्न थाल्यो, अव यि हातहरु, पहिले कतै लगायतका गीतहरु सार्वजनिक छन् । उनका स्वरमा पनि जहाँ जान्छु त्यहिँ पाउँछु, हाम्रो पहिलो प्रेम, अव यि अल्छी हातमा, बनमारा फुल्ने फूलमा लगायतका गीतहरु सार्वजनिक छन् ।
No comments:
Post a Comment