भारतद्वारा पब्जी लगायत थप ११८ चाइनिज मोबाइल एपमाथि प्रतिबन्ध - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 September 2020

भारतद्वारा पब्जी लगायत थप ११८ चाइनिज मोबाइल एपमाथि प्रतिबन्ध

काठमाडौं, १८ भदौ : भारत र चीनबीचको तनाव निरन्तर रुपमा बढेपछि भारत सरकारले थप १ सय १८ वटा चीनिया मोबाइल एप माथि प्रतिबन्ध लगाएको छ ।

पछिल्लो पटक प्रतिबन्ध लगाइएका एपहरुमा चर्चित भिडियो गेम पब्जी मोबाइल र विच्याट वर्क समेत परेका छन् । यस अघि नै भारतले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिक टक लगायतका ५९ वटा एप माथि प्रतिबन्ध लगाईसकेको छ ।

प्रतिबन्धले असर परेका अन्य एपहरुमा दुई ठूला सर्च जाइन्ट बैडुज एप, क्याम कार्डको बिजनस कार्ड स्क्यानर, अलबाबाको अलिपे पेमेन्ट एप, मार्भल सुपर वार, सिना न्युज लगायत छन् ।

एन्ड्रोइड र आइओएस प्लेटफार्ममा उपलब्ध मोबाइल एपका माध्यमबाट प्रयोगकर्ताको सूचनाहरु अनधिकृत रुपमा चोरी भएको भन्ने थुप्रै स्रोतहरुबाट सूचना प्राप्त भएको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

दुई देशबीच विवादस्पद हिमाली सीमामा भएको तनाबसँगै प्रतिबन्ध शुरु भएको हो । गत जुन महिनामा भारत र चीनको सिमानामा रहेको लद्दाक क्षेत्रमा युद्ध हुँदा २० जना भारतीय सैनिक मारिएका थिए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.