प्रदेश नं १ मा १३७ सङ्क्रमित थप - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 September 2020

प्रदेश नं १ मा १३७ सङ्क्रमित थप

विराटनगर, १७ भदौ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १३७ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ३३ महिला र १०४ पुरुष छन् । थपिएका सङ्क्रमितमा सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा तीन, पाँचथरमा एक र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाका अवधिमा सुनसरीको इटहरीमा ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ जसमा सात महिला र ५१ पुरुष छन् । थपिएका सङ्क्रमितमध्ये धरानमा सात, बर्जुमा दुई, इनरुवा र भोक्राहा नरसिंहमा एकएक पुरुष तथा स्थानीय तह नखुलेका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा सोही अवधिमा २१ महिला र २३ पुरुष, धनपालथानमा एक पुरुष, स्थानीय तह नखुलेका दुई पुरुष, झापाको कमल गाउँपालिकामा तीन महिला र तीन पुरुष, मेचीनगरमा तीन पुरुष, बिर्तामोड र गौरीगञ्जमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ । 

उता भोजपुरको हतुवागढीमा तीन पुरुष, पाँचथरको स्थानीय तहमा नखुलेको एक पुरुष तथा प्रदेश बाहिरका दुई महिला र दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेशमा हालसम्ममा कोरोना सङ्क्रमितक्रमितको सङ्ख्या तीन हजार ५९१ पुगेको छ । पछिल्लो २४ घण्टाका अवधिमा ८४ जना डिस्चार्ज भएका छन् । हालसम्ममा डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ६८७ पुगेको छ । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेशमा एक हजार ३४९ जनाको पिसिआर परीक्षण भई हालसम्ममा ९१ हजार ५१४ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

निषेधाज्ञा पुनः नथप्न माग
मोरङमा यही भदौ १६ देखि २२ गतेसम्म जारी निषेधाज्ञा पुनः नथप्न उद्योगी व्यापारीहरुले माग गरेको छ । जिल्ला प्रशासन कार्यालयमा यही भदौ ५ गते भएको सुरक्षा समितिको बैठकले भदौ ६ देखि ९ गतेसम्म र भदौ ९ गते बसेको बैठकले भदौ २२ सम्म जिल्लाभरि निषेधाज्ञा लागू गरेको छ । पहिलो पटक भएको निषेधाज्ञा मोरङका चार स्थानीय तहमा लागू भएको थियो भने दोस्रो निषेधाज्ञा जिल्लाभरि लागु गरी मध्याह्न १२ बजेसम्म पसल खोल्न पाउने निर्णय भएको थियो । पछिल्लो निषेधाज्ञाको निर्णयसँगै जिल्लाभरि अपराह्न ४ बजेसम्म बजार खोल्न पाउने निर्णय सुरक्षा समितिको बैठकले गरेको थियो ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघका अध्यक्ष भीम घिमिरे, प्रकाश मुन्दडा र सुजन थापाले संयुक्त रुपमा आज विज्ञप्ति जारी गर्दै अब पनि लकडाउन तथा निषेधाज्ञा थप गर्ने हो भने उद्योग, व्यापारव्यवसाय पूर्णरुपमा बन्द गर्ने वा निषेधाज्ञा उलङ्घन गर्ने बाध्यकारी अवस्था आउने भएकाले नलम्ब्याउन आग्रह गर्नुभएको छ ।

कोरोना भाइरसबाट बच्न र बचाउन विश्व स्वास्थ्य संगठनद्वारा घोषित आचारसंहिता पूर्ण रुपमा पालना गर्ने र गराउने प्रतिबद्धता व्यक्त गर्दै विज्ञप्तिमा महामारीको यस अवस्थामा समेत उत्पादन प्रक्रियालाई निरन्तरता दिई आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पु¥याउँदै आएका उद्योगव्यवसायलाई सहजरुपमा सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गरिदिन सम्बन्धित निकायसँग माग गरिएको छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.