ढोरपाटनमा गएको बाढीमा बेपत्ता भएका मध्ये ११ जनाको शव प्राप्त - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 September 2020

ढोरपाटनमा गएको बाढीमा बेपत्ता भएका मध्ये ११ जनाको शव प्राप्त

काठमाडौं, १८ भदौ : बागलुङको ढोरपाटन नगरपालिकामा गएराति गएको बाढीमा बेपत्ता भएका मध्ये ११ जनाको शव फेला परेको छ ।

बाढीका कारण ३७ जना अझै बेपत्ता भएका छन । बेपता भएकाहरुको खोजी कार्य जारी रहेको बाग्लुङका प्रहरी प्रमुख शारदाप्रसाद चौधरीले जानकारी दिनुभएको छ ।

अविरल वर्षासंगै भूजिखोलाको सीर देउरालीमा ठुलो पहिरो गएको छ । पहिरोका कारण आएको बाढीले ढोरपाटन नगरपालिकाको वडा नं. ९ र ८ मा जनधनको क्षति गरेको हो ।

बाढीका कारण लाकुरीबोट, सुकुरदुङ दुने पधेरा घट्टबोट र भुसुन्डेमका धेरै जना सम्पर्क बिहिन धएका छन ।

बाढीले, लाकुरीबोटमा ११ घर, दुने पधेरामा ५ घर, घट्टबोटमा ८ घर, भुसुन्डेमा १ घर बगाएको छ, भने सुकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ ।

साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगे पुलसमेत बगाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.