नेकपा सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारियाे - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 September 2020

नेकपा सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारियाे

काठमाडौँ, १८ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । बिहान ११ बस्ने पूर्वनिर्धारित बैठकलाई आजै दिउँसो सारिएको हो ।

बैठक अघि बैठकको केही तयारी गर्नुपर्ने भएर बैठक दिउँसोका लागि सारिएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पूर्वनिर्धारित बैठक तालिकामा सामान्य फेरबदल गरेर दिउँसो ३ बजेका लागि सारिएको हो ।

यसअघि गत शनिबार भदौ १३ गतेका लागि सचिवालय बैठक निर्धारण गरिएको थियो । सचिवालयका नेताहरूको सहयोगीलाई कोरोना सङ्क्रमण देखिएपछि नेताहरू होम आइसोलेसनमा बस्नुपरेपछि १८ गतेका लागि बैठक सारिएको थियो ।

आजको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने बताइएको छ । सोअघि दुई अध्यक्ष केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच’ बुधबार साँझ बालुवाटारमा बैठकको तयारी बारेमा छलफल भएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.