छुट्टाछुट्टै घटनामा दुईको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 September 2020

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

नारायणपुर, १७ भदौ : दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको देउखुरीस्थित राप्ती नदीमा आज एक महिलाको बेवारिसे शव फेला परेको छ । 

राप्ती गाउँपालिका –२ को राप्ती नदी कटाहाघाटमा ४५ वर्षीय एक महिलाको शव फेला परेको हो । बुधबार बिहान ८ बजे नदीमा दाउरा बटुल्न गएका स्थानीयवासीले शव किनारमा तैरिरहेका अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गङ्गाबहादुर सारूले जानकारी दिनुभयो । 

अर्घाखाँचीमा सर्पले डसेर मृत्यु
जिल्लाको भूमिकास्थान नगरपालिका–९, ढिकुराका ४५ वर्षीय शेरबहादुर विकको सर्पले डसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार सर्पले डसेपछि विकलाई उपचारका लागि कपिलवस्तुको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा गए राति बाटामै मृत्यु भएको हो । यसअघि यही भदौ १४ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका –५ जुकेनामा सर्पले डस्दा ३५ वर्षीय यमबहादुर बेल्बासेको ज्यान गएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.