मलको कालोबजारी गर्ने दुई जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 September 2020

मलको कालोबजारी गर्ने दुई जना पक्राउ

सप्तरी, १७ भदौ : सप्तरीको फत्तेपुरबाट कृषि मलको कालोबजारी गर्ने दुई व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जिल्लाको सप्तकोसी नगरपालिका–१ फत्तेपुरस्थित राधेकृष्ण खाद्यान्न पसलका सञ्चालक राधेकृष्ण गुप्ता तथा आरती कृषि सहकारी संस्था लि. मल खाद बिक्री डिपोका सञ्चालक फुजुङ्ग साह छन् ।

मलको कालोबजारी र दोब्बर मूल्य लिएको किसानको गुनासो आएपछि प्रहरी चौकी फत्तेपुरका असई गङ्गाराम चौधरीको नेतृत्वमा मङ्गलवार दिउँसो पुगेको प्रहरी टोलीले उक्त दुवैको पसल र गोदाममा छापा मारी सञ्चालक गुप्ता र साहलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको पसल र गोदामबाट २८ बोरा युरिया र छ बोरा डिपिए मल समेत प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ ।

१७ रुपैयाँ प्रति केजी पर्ने मल ४० रुपैयाँमा बिक्री गरेको प्रमाण भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिनुका साथै गोदाम सिल गरी थप अनुसन्धान भइरहेको असई चौधरीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.