कन्टेनर दुर्घटनामा दुई जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Thursday 8 October 2020

कन्टेनर दुर्घटनामा दुई जनाको मृत्यु


गाईघाट, २२ असोज :
सिद्धीचरण लोकमार्गको कटारी–वेतेनी सडक गएराती कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना ५ ख ९४२४ नम्बरको खाली कन्टेनर कटारी नगरपालिकाको वडा नं ८ सिरिसेस्थित सानो दमारमा दुर्घटना हुँदा कटारी नपा ८ का मिनबहादुर रानामगर र गोलबजार नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका चालक झापा दमक घर भएका योगेन्द्र दाहाल र अर्का एक ब्यक्ति वराहाक्षेत्र नगरपालिका सुनसरीका विजय भुजेललाई थप उपचारका लागि बुधवार राती नै नोवेल अस्पताल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले बताउनुभयो ।

टाउकोमा गम्भिर चोट लागेको उहाँहरुलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजकुमार गजमेरले बताउनुभयो । उहाँहरुको अवस्था अझै खतरा रहेको जनाइएको छ । प्रहरीका अनुसार गाडी सडकबाट सात मिटर तल खसेको थियो । घटना के कारणले भयो भन्ने एकिन नभए पनि साँघुरो सडकमा तीव्रगतिम गुडेकाकारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.