हवाइजहाज : अस्मिता अधिकारी - pharaksandesh.com

मुख्य समाचार


Tuesday 6 October 2020

हवाइजहाज : अस्मिता अधिकारी

अस्मिता अधिकारी
सुर्यसँगै डुबिजाने यो जिन्दगिमा 
थोरै पारीजातको महक छरिदेउ, 
रातको अध्याँरोमा जुनझैँ चम्किदेऊ।

तिम्रो राप सबै मागेको होइन, 
अलिकती न्यानो ओडाइदेऊ।।

ढुकुरको जोडीजस्तो सधैँ ढुकिरहन नसके पनि 
फुल र मौरीझैँ सन्धीमा रमाउँला,
तिमी राजा म रानी नभए पनि 
सपनाका महल सँगै सजाइरहौँला।

सपनाका हवाइजहाजहरुलाई कल्पनाका बगरबाट 
विपनाका सहरमा लैजादैँ गर्दा 
कहिले तिमी कप्तानी गर्नु, कहिले म गरौँला 
भुलचुक भए बिर्सी दिनु, मिलेर सुधारौँला 
तर साथ नछोड्नु माया, 
कहिले अघि कहिले पछि जिन्दगीको गोरेटोमा घुमिरहौलाँ।।

दौड जस्तो जिन्दगिमा तिमि नै आदि हुनु तिमि नै अन्त्य: 
बिचका मोहमायामा जेलाउन दुनियाँ छदैँ छ।
तिमीलाई पाए देखि मैले आफैँलाई भेटाएकी छु, 
अरु भन्छन् माया छल हो, माया पिडा हो, अनि अन्त्यमा विध्वंस
मेरो लागि माया तिमी हौ अनि तिमी मेरो सर्वस।।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.