डाक्टर केसीको जीवन रक्षाको माग गर्दै आवासीय चिकित्सकद्वारा ओपीडी सेवा बहिष्कार - pharaksandesh.com

मुख्य समाचार


Tuesday 6 October 2020

डाक्टर केसीको जीवन रक्षाको माग गर्दै आवासीय चिकित्सकद्वारा ओपीडी सेवा बहिष्कार


काठमाडाैँ, २० असाेज : 
डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आवासीय चिकित्सकले आजदेखि बहिरंग अर्थात ओपीडी सेवा बहिष्कार गरेका छन् ।  तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा सुधारको मागसहित अनसनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आजदेखि ओपीडी सेवा बहिष्कार गरेका हुन् । 

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले आजदेखि ओपीडी सेवा बहिष्कार गरेका हुन् । डाक्टर केसी अनसन बसेको २३ दिन भइसक्दा पनि सरकारले वार्ता टोलीसमेत गठन नगरेकाले बाध्य भएर ओपीडी सेवा बहिस्कार गर्नुपरेको आवासीय चिकित्सक संघका अध्यक्ष डाक्टर सुभाष देवकोटाले बताउनुभयो । संघले डाक्टर केसीसँग वार्ता गर्नको लागि टोली गठनको माग गर्दै २४ घण्टे अल्टिमेटम दिएको थियो । 

बहिरंग सेवा बहिष्कार गरेपनि काेराेना, आकस्मिक र भर्ना भएका बिरामीको उपचारमा भने कालोपट्टि बाँधेर सामेल हुने उहाँको भनाइ छ । संघले डाक्टर केसी अनसन बसेको १३ औं दिनदेखि कालोपट्टि बाँधेर काम गरिरहेको छ ।

यसैबीच त्रिवि शिक्षण अस्पतालमा अनसनरत डाक्टर केसीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । आईसीयूमा राख्नुपर्ने अवस्था भए पनि डाक्टर केसी नमान्दा अक्सिजन दिएर उहाँलाई राखिएको छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.