काठमाडौँ, २४ असाेज : अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यस्थिति अत्यन्त जटिल बनेकाे छ । डा. केसीकाे मुटुमा असामान्य धड्कन देखिन थालेसँगै जुनसुकै समय मुटुले काम गर्न नसक्ने (सडन कार्डियाक एरेस्ट) जोखिम बढेको हाे ।
डा. केसी शारीरिक रूपमा अत्यन्त कमजोर हुनुका साथै छातीमा दुखाइ, थकाइ, मांसपेशी दुखाइसँगै बाउँडिने, चक्कर लाग्नेजस्ता समस्या निरन्तर देखिन थालेकाे छ । डा. केसीको पिसाब पनि अत्यन्त कम आउने गरेको छ । रक्तचाप ९०/४० देखि ११०/६० सम्म देखिएको छ ।
उहाँले रगतको अन्य परीक्षण गराउन अस्वीकार गर्नुभएकाे छ । स्वास्थ्यस्थिति अत्यन्त जटिल भएकाले जोखिम बढ्न नदिनका लागि आईसीयूमा भर्ना हुन चिकित्सकहरूले आग्रह गरे पनि उहाँले अस्वीकार गर्दै आउनुभएकाे छ ।
सरकारी वार्ता टाेली र डा. केसी पक्षले वार्ता गरेर सहमति गरी अनसन ताेडाउन प्रयास गरेपनि गएराति भएकाे वार्ता विना निश्कर्ष सकिएकाे छ । वार्ता असफल भएसँगै डा. केसीकाे स्वास्थ्यस्थिति अझै जटिल हुनसक्ने चिकित्सकहरूले बताएका छन् ।
No comments:
Post a Comment