सुनको मूल्य प्रतितोलामा ९ सय बढ्यो - pharaksandesh.com

मुख्य समाचार


Friday, 9 October 2020

सुनको मूल्य प्रतितोलामा ९ सय बढ्यो


काठमाडौं, २३ असाेज :
शुक्रबार बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन तोलाको ९३ हजार ९ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.