कर्णालीमा सत्तारुढ दलको सत्तासंघर्षः प्रमुख सचेतक हटाइयो - pharaksandesh.com

मुख्य समाचार


Monday, 12 October 2020

कर्णालीमा सत्तारुढ दलको सत्तासंघर्षः प्रमुख सचेतक हटाइयो


सुर्खेत, २६ असाेज :
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई पदमुक्त गर्नुभएको छ । शाहलाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको छ । 

शाहको काम कारबाही उचित नभएको भन्दै मुख्यमन्त्री शाहीले पदमुक्त गरेको जानकारी दिनुभएको छ । मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधान धारा (७) अनुसार पदमुक्त गरिएको र अहिलेसम्म गरेको कामका लागि शाहलाई धन्यवाद दिनुभएको छ । 

शाह पूर्वएमालेका हुनुहुन्छ भने नेपाली पुूर्वमाओवादीका हुनुहुन्छ । आइतबार सत्ता पक्षकै सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद चुलिँदै गएको छ । यसैबीच मङ्गलबार संसदीय दलको बैठक बस्ने तयारी भएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.