काठमाडौँ, २६ असाेज : पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरबाट १४ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण गरिएकोमा ४ हजार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म ११ लाख ९१ हजार ५ सय १४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख ११ हजार ८ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा १ हजार ८ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी काठमाडौँ उपत्यकामा २ हजार २ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप १ हजार ४ सय ७३ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज १ हजार ४ सय ७३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट आज ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर २७९ जनाको आइसियुमा र ६७ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा ३३ हजार ८ सय ८० जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ४ हजार ८ सय ३१ जना क्वरेण्टीनमा छन् ।

No comments:
Post a Comment