प्रदेश ५ काे नाम लुम्बिनी दुई तिहाइ बहुमतले पारित - pharaksandesh.com

मुख्य समाचार


Tuesday 6 October 2020

प्रदेश ५ काे नाम लुम्बिनी दुई तिहाइ बहुमतले पारित


रुपन्देही, २० असाेज :
प्रदेश नम्बर ५ काे नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइ बहुमतले पारित भएकाे छ ।

मङ्गलबार प्रदेश सभामा भएकाे मतदानमा प्रदेशकाे नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा चार मत खसेकाे हाे । मतदानमा ८३ जनाकाे उपस्थिति रहेकाे थियाे । 

यसअघि प्रदेशकाे राजधानी भालुवाङ बनाउने प्रस्ताव पनि दुई तिहाइले पारित भएकाे हाे । प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.