पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, ९ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday 6 October 2020

पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, ९ जनाको मृत्यु


काठमाडौँ, २० असाेज :
पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ५ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म १० लाख ९९ हजार २ सय ७६ जनाको पीसीआर परीक्षण गरिएकोमा ९० हजार ८ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा ७ सय ८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ गरी काठमाडौँ उपत्यकामा १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप २ हजार ३ सय ४० जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज २ हजार ३ सय ४० जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर २४३ जनाको आइसियुमा र ४० जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा २२ हजार ७ सय ९ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ४ हजार २ सय २१ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.