नेपाल–भारत उडान सुचारु गर्ने तयारी, राजदूतले भेटे पर्यटन मन्त्रीलाई - pharaksandesh.com

मुख्य समाचार


Friday, 9 October 2020

नेपाल–भारत उडान सुचारु गर्ने तयारी, राजदूतले भेटे पर्यटन मन्त्रीलाई


काठमाडौं, २३ असाेज :
संस्कृति, पर्यटन तथा नागरिक उडड्य मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । सिहंदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिकाबारेमा कुराकानी भएको थियो ।

हवाई क्षेत्रका सम्बन्धमा उहाँहरुवीच भैरहवा नाकावाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्‍याउनेबारे कुरा भएको थियो । कोभिड–१९ का कारण बन्द रहेको काठमाडौं र भारतका विभिन्न सहरहरुवीचको उडान चाँडै सुचारु गर्ने बारेमा पनि उहाँहरुवीच कुराकानी भएको थियो ।

त्यस्तै, संस्कृतिका क्षेत्रमा पशुपति,लुम्विनी,जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यकारुपमा विकास गर्नेबारे छलफल भएको थियो । सो भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकरात्मक रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथा नागरिक उडड्यनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकरातमक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.