पछिल्लो २४ घण्टामा देशभरबाट १३ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म ११ लाख ४५ हजार २ सय ३७ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ गरी काठमाडौँ उपत्यकामा १ हजार ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप १ हजार ६ सय ८० जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज १ हजार ६ सय ८० जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ७३ हजार २३ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट आज १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर ३१८ जनाको आइसियुमा र ७५ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा २७ हजार ५३ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ४ हजार ७ सय ३ जना क्वरेण्टीनमा छन् ।

No comments:
Post a Comment