अध्यक्षद्वय ओली–प्रचण्डबीच आज पनि छलफल - pharaksandesh.com

मुख्य समाचार


Thursday 8 October 2020

अध्यक्षद्वय ओली–प्रचण्डबीच आज पनि छलफल


काठमाडौं, २२ असाेज :
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का  अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच आज पनि भेटवार्ता हुने भएको छ। अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकताका  बाँकी विषय, मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल हुन लागेकाे हाे ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच केही समययता छलफल जारी रहेपनि ठाेस सहमति हुन सकेकाे छैन । अध्यक्षद्वयबीच तत्कालका लागि खालि मन्त्रालयमा मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने  सहमति भइसकेकाे भएपनि कस कसलाई मन्त्री बनाउने विषयमा सहमति जुट्न सकेकाे छैन ।

अध्यक्षद्वयबीच खालि मन्त्रालयमा मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने र दशैँ–तिहारपछि पुनर्गठन नै गर्ने विषयमा अध्यक्षद्वयबीच सहमति बनेको छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.