फिलिपिन्सका आँधीका कारण १३ लाख प्रभावित - pharaksandesh.com

मुख्य समाचार


Thursday 29 October 2020

फिलिपिन्सका आँधीका कारण १३ लाख प्रभावित


मनिला, १३ कात्तिक :
फिलीपिन्समा ठूलो क्षति पुर्‍याई नौ जनाको ज्यान लिएको समुद्री आँधी भियतनामको दक्षिण केन्द्रीय क्षेत्रमा प्रवेश गरेको छ ।

“मोलाभी” नामको उक्त आFधी बुधबार भियतनाम प्रवेश गर्नुअघि त्यसको शक्ति क्षिण भएको भएपनि तटीय क्षेत्रमा आँधीका कारण एक सय पचास किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चलेको थियो।

जसका कारण एकजना मृत्यु भएको छ ।

आँधी भियतनामको बिन्ह दिन्ह प्रान्तमा प्रबेश गरे लगत्तै समुन्द्रमा डुंगा पल्टिदा डुंगामा सवार दुई जनाको जनाको मृत्यु भएको छ भने अन्य २६ जना मछुवाहरू हराईरहेका छन् ।

हराएकाहरुको खोजी गर्न दईवटा जल सेनाको समूह परिचालन गरिएको छ। जोखिमपूर्ण स्थानहरुबाट ४० लाख भन्दा बढी मानिसहरुलाई अन्यत्र सुरक्षित स्थानमा सारिसकिएको छ ।

यसैबीच प्रधानमन्त्री नुएन छुवान फुक ले १३ लाख जनता आँधीबाट प्रभावित हुन सक्ने भन्दै उनीहरुलाई अन्यत्र सार्ने कार्य गर्न निर्देशन दिनु भएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.