पर्सा, २४ असाेज : पर्सामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा पर्साका २८ जना पुरुष र ३ जना महिला संक्रमित पुष्टि भएकाे हाे ।
जिल्लाको विभिन्न स्थानबाट संकलन गरिएको २ सय ६६ वटा स्वाबको नमूनालाई पीसीआर विधिबाट परिक्षण गर्दा ३१ जना व्यक्तिमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशप्रसाद चौरसियाले जानकारी दिनुभयो । उहाँले भेटिएका संक्रमित मध्य सबै भन्दा बढी वीरगन्ज महानगरपालिकाबाट २७ जना र ग्रामीण भेगबाट ४ जना रहेको बताउनुभयो ।
वीरगन्ज महानगरपालिकाको वडा नं. १४ बाट ३ जना, वडा नं. १५ बाट २ जना र वडा नं. २,३,११,१३,१४,१६,२२ बाट एक एक जना संक्रमित भेटिएका छन् भने वडा नं. खुल्न नसकेका १५ जना संक्रमित रहेको डा. चौरसियाले जानकारी दिनुभयो । उहाँले पर्साको बहुदरमाई नगरपालिकाबाट ३ जना र पोखरिया नगरपालिकाबाट १ जना संक्रमित भेटिएको बताउनुभयो ।
त्यसै बाराको विभिन्न स्थानबाट संकलन गरिएको २२ वटा स्वाबको नमूनालाई शुक्रबार राति नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ । यसगै पर्सामा संक्रमितको संख्या २ हजार ७ सय ४९ जना पुगेको छ भने २ हजार १ सय ३३ जना संक्रमण मुक्त भई घर फिर्ता भएका छन् । कोरोना संक्रमणका कारण पर्सा जिल्लामा हालसम्म ४५ जना व्यक्तिको मुत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
No comments:
Post a Comment