काठमाडौं, २२ असाेज : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ।
कोरोना भाइरसको संक्रमणबाट आज काठमाडौँ र चितवनमा तीन तीन जना, सुनसरी, धनुषा, ललितपुर, भक्तपुर, कास्की र सुर्खेतमा एक एक जना गरी १२ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा आज आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभर २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित रहेका र पछिल्लो दिनमा स्वास्थ्य सावधानी नअपनाउदा संक्रमणको दर निकै तिव्र गतिमा बढेको जानकारि दिनुभयो ।
उहाँले आइसीयूमा २ सय ३५ र भेन्टिलेटरमा ४२ जना रहेको पनि जानकारी दिनुभयो ।।

No comments:
Post a Comment