एकैदिन ४ हजार ३६४ सङ्क्रमित थपिए, २ हजार ६७५ जना डिस्चार्ज - pharaksandesh.com

मुख्य समाचार


Thursday, 8 October 2020

एकैदिन ४ हजार ३६४ सङ्क्रमित थपिए, २ हजार ६७५ जना डिस्चार्ज


काठमाडौँ, २२ असाेज :
पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गरिएकोमा ४ हजार ३ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आजको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । नेपालमा हालसम्म ११ लाख ३१ हजार ९ सय ५८ जनाको पीसीआर परीक्षण गरिएकोमा ९८ हजार ६ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० गरी काठमाडौँ उपत्यकामा २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप २ हजार ६ सय ७५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज २ हजार ६ सय ७५ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज काठमाडौँ र चितवनमा तीन तीन जना, सुनसरी, धनुषा, ललितपुर, भक्तपुर, कास्की र सुर्खेतमा एक एक जना गरी १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर २३५ जनाको आइसियुमा र ४२ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ४ हजार ४ सय ६० जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.