पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १७ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Thursday 29 October 2020

पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १७ जनाको मृत्यु


काठमाडौँ, १३ कात्तिक :
पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ३ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म १४ लाख १९ हजार ६४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख ६४ हजार ७ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप ३ हजार ३८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज  ३ हजार ३८ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । 

हाल, नेपालमा ३८ हजार ९ सय ५२ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, २ हजार ६ सय ८९ जना क्वरेण्टीनमा छन् । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.