सोच यो सकारात्मक राख्न सके धन्यवाद
सबै दुख सुख ढकनीले ढाक्न सके धन्यवाद
सास हुँदा आसले माया जीवनमा खास मान्दै
जीवनको लडाईमा दुःख भाग्न सके धन्यवाद
सोच्ने मन काडाँ हैन घोच्ने, बनाए बन्छ राम्रो
सार्थक मन नै जीवन धन साँच्न सके धन्यवाद
भलाई छ भनाईमा धर्म कर्म परोपक्रार गरेमा
राम्रो सबै सधै नाम हुने यो धान्न सके धन्यवाद
चाहाना ठुलो नराख बोझ हुन्छ नै धेरै मनमा
खोज्ने धेरै हैन छाना भित्र हाँस्न सके धन्यवाद
कमला गौतम
काठमाडौँ!!

No comments:
Post a Comment