ललिता निवास प्रकरण : पूर्वमन्त्री जाेशीलाई साधारण तारेखमा छाड्न आदेश - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 24 November 2020

ललिता निवास प्रकरण : पूर्वमन्त्री जाेशीलाई साधारण तारेखमा छाड्न आदेश


काठमाडाैँ, ९ मङ्सिर :
विशेष अदालतमा उपस्थित हुनुभएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुट्नुभएको छ । ललिता निवास प्रकरणमा उहाँ सोमबार विशेष अदालतमा उपस्थित हुनुभएको थियो ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीको इजलासले उहाँलाई साधारण तारेखमा छाड्न आदेश दिएको विशेष अदालतका प्रवक्ता एवं उप–रजिष्ट्रार पुष्पराज पाण्डेयले उज्यालोलाई जानकारी दिनुभयो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व भूमिसुधारमन्त्री जोशीसहित एक सय ७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बालुवाटारको ललिता निवासकाे जग्गा भूमाफियाले विभिन्न प्रभावशाली व्यक्तिलाई प्रभावमा पारेर बेचविखन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.