हेटौंडा, १४ पुस : राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशी एजेण्डा भएको बताउनुभएकाे छ । विदेशीको इसारामा माओवादीले सुरुमा त्यो भारी बोकेर आएको र केही समयपछि कांग्रेस-एमाले त्यो भारी बोक्न तयार भएको दाबी गर्नुभयाे।
मकवानपुरको आफ्नो चुनावी क्षेत्र बागमती गाउँपालिकाको छतिवनमा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले विदेशीको प्रायोजनमा भएको आन्दोलनले जनताको असली भावना बोक्न नसक्ने बताउनुभयाे ।
राप्रपा सबै धर्मलाई बराबरीको समानता र स्वतन्त्रताको पक्षमा रहेको र पहिचानको रूपमा हिन्दुराष्ट्र हुनुपर्ने भन्दै थापाले कुनै धर्म र आस्थाप्रती आफ्नो आपत्ति नभएको तर योजनाबध्द ढंगले धर्म परिवर्तन गराउदै हिड्ने प्रवृत्तिको भने विरोध गरेको बताउनुभयाे । धर्म नास हुँदा नैतिक मूल्य, मान्यता र चरित्र समाप्त हुने उहाँको भनाइ छ ।
विदेशीहरू आएर नेताको घर घरमा गरेको दौडले स्वाभिमान र सार्वभौमिकता कमजोर भएको थापाको भनाइ थियो ।

No comments:
Post a Comment