प्रचण्डसँगको भेटमा बामदेवको भनाइ-‘संसद विघटनको विपक्ष र पार्टी एकताको पक्षमा छु’ - pharaksandesh.com

मुख्य समाचार


Saturday 26 December 2020

प्रचण्डसँगको भेटमा बामदेवको भनाइ-‘संसद विघटनको विपक्ष र पार्टी एकताको पक्षमा छु’


काठमाडाैँ, ११ पुस :
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । 

प्रचण्डको निवास खुमलटारमा भएको भेटवार्तामा प्रचण्ड-नेपाल समूहका अन्य नेता पनि सहभागी थिए ।

भेटवार्तामा नेता गौतमले आफू संसद विघटनको विपक्षमा रहेको बताउनुभएको खुमलटार स्रोतले जनाएको छ । 

गौतमले अझै पनि पार्टी एकताको पक्षमा आफू रहेको जानकारी गराउनुभएको थियो । दुई टुक्रा भएको नेकपाका सबैजसो शीर्ष नेताले आफ्नो पक्ष प्रष्ट पारिसकेका छन् । तर उपाध्यक्ष बामदेव गौतमले भने आफू कुनै पनि पक्षमा नलाग्ने बताउँदै आउनुभएको छ ।

गौतमलाई आफ्नो पक्षमा पार्न ओली र प्रचण्ड-नेपाल पक्षले कोशिस गरिरहेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.