सफलताका लागि इमान्दारिता, नैतिकता र उच्च मनोबलः मन्त्री गुरुङ - pharaksandesh.com

मुख्य समाचार


Saturday 26 December 2020

सफलताका लागि इमान्दारिता, नैतिकता र उच्च मनोबलः मन्त्री गुरुङ


काठमाडौं, ११ पुस :
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिता ,नैतिकता र उच्च मनोबल नै राजनीतिक तथा सामाजिक जीवनको सफलताका शुत्र भएको बताउनुभएको छ ।

रत्नधर्म स्मृति प्रतिष्ठानद्वारा प्रकाशित तिनवटा कृतिको आज विमोचन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले इमान्दार र लगनशील भइ निरन्तर जीवनमा अगाडि बढे हरेक क्षेत्रमा सफलता प्राप्त हुने बताउनुभएको हो । साहित्य ,शिक्षा र कलाका माध्यमबाट देशको परिवर्तन सम्भव भएको उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले समाज रुपान्तरण र परिवर्तनका लागि आफू सदैव प्रयत्नशिल रहने बताउनुभयो ।

कार्यक्रममा मन्त्री गुरुङले दोलखाका शैक्षिक अभियन्ता डिबि खड्का द्वारा लिखित कल्पना र वेदना,जुँगुदेखि मुगुसम्म र सपना र सृजना कविता संङग्रह विमोचन गर्नुभयो । यस्तै कार्यक्रममा दोलखा जिल्लाबाट उपरथि बन्न सफल डा सहदेव खड्का तथा अन्य व्यक्तित्वहरुलाइ सम्मान समेत गरिएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.